योगदान राष्ट्रको लागि अभियान ले कुवेत स्थित नेपाल परोपकार समाजको समन्वयमा मिति २०८२ साउन २४ गतेका दिन प्राथमिक उपचार तालिम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल परोपकार समाज कुवेत संस्थाका संस्थापक अध्यक्ष श्री धिरेन्द्र राज सुवेदी ज्युको सभापतित्वमा, नेपाली दूतावास कुवेतका महामहिम राजदूत श्री घनश्याम लम्साल ज्यु को प्रमुख आतिथ्यतामा, योगदान राष्ट्रका लागि संस्थापक अध्यक्ष श्री ओम उप्रेती ज्यु, योगदान राष्ट्रको लागि युएई समिति अध्यक्ष श्री राजु शर्मा ज्यु तथा प्रवासी नेपाली समन्वय समिति (एल्ऋऋ) का संस्थापक निर्देशक श्री कुल प्रसाद कार्की ज्यु को विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
यस अवसरमा कुवेतमा क्रियाशील विभिन्न राजनीतिक भातृ संगठनका प्रतिनिधिज्युहरू, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सदस्यज्यूहरू, साथै पत्रकार महासंघ कुवेतसँग आवद्ध पत्रकारज्यूहरूको उपस्थिति रहेको थियो ।
