योगदान राष्ट्रको लागि भिमदत्त नगर समिति (कंचनपुर) द्धारा खिर खाने कार्यक्रम सम्पन्न

योगदान राष्ट्रको लागि भिमदत्त नगर समिति (कंचनपुर) ले साउन १५ गते बिहीबार खिर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
भिमदत्त नगरपालिका वडा नं. १ बाह्रकुण्डामा आयोजना गरिएको कार्यक्रममा भिमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्यता थियो । प्रमुख अतिथि शाहीले संस्थाको गरेको सम्मान प्रति धन्यवाद व्यक्त गर्दै नगरपालिकाले महिलाको मागलाई मध्यनजर गरी काम गर्दै आएको बताउनुभयो ।
महिलाहरुलाई सिप मुलक कार्यक्रमहरु आत्मनिर्भर बनाउने र दक्षता बनाउने कार्यक्रमहरु पनि प्रदान गरेको र कतिपय दिदिबहिनीहरुले तालिम पश्चात अहीले व्यवसायमा लागेर आम्दानी गरीरहेको बताउनु भयो । साथै यो क्षेत्रका महिलाहरुको सिप विकास गर्न, सिपमुलक तालिमका लागि पनि आफुले सक्दो पहल गर्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
कार्यक्रममा समाजसेवी परमानन्द जोशी लगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि बैकल्पिक केन्द्रीय सदस्य गंगा विष्ट, नगरपालिका समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिति थियो ।
कार्यक्रमको समापन योगदान राष्ट्रको लागि भिमदत्त नगर समितिका अध्यक्ष ज्योत्सना विष्टले गर्नुभएको थियो ।

Leave a comment