योगदान स्थापना दिवसमा दिप प्रज्वलन

योगदान राष्ट्रको लागि पाचौं स्थापना दिवसको अवसरमा दमक नगर समिति (झापा) ले दिप प्रज्वलन गरेको छ ।
मिति ३०८२ जेठ २९ गते बिहीबार बेलुका डाँफे मुनाल चोक (गणतन्त्र चोक) मा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम दमक नगर समिति अध्यक्ष हेमकला न्यौपाने ज्युको अध्यक्षता तथा दमक नगरपालिका वडा नं. ६ का अध्यक्ष टेकबहादुर थापा ज्युको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि ज्युले संस्थाको नाम नै काफी रहेको भन्दै नाम अनुसारको काम गर्नुपर्नेमा जोड दिनुभयो । एक घर, एक प्राथमिक उपचारक उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको संस्थाको लक्ष्य असाध्यै राम्रो रहेको बताउनुभयो ।
संस्थासंग सहकार्य गरी काम गर्न स्थानीय निकाय तयार रहेको समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय दमक प्रमुख प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सीना ज्यु, ट्राफिक प्रमुख जनक तिमल्सीना ज्यु, योगदानको पूर्व केन्द्रीय सदस्य चेतना निरौला ज्यु, पूर्व जिल्ला सचिव एवं कार्यक्रम संयोजक सजु बुढाथोकी ज्यु, समाजसेवीहरु प्रकाश प्रसाई ज्यु, चन्द्रा खड्का ज्यु, जिवन चक्र समाजका अध्यक्ष गणेश गौतम ज्युलगायतको उपस्थिति थियो ।

Leave a comment