योगदान राष्ट्रको लागि संस्थाको पाचौं स्थापना दिवसको दिन मिति २०८२ जेठ २९ गते बिहीबार इटहरी उपमहानगरपालिका समिति, सुनसरीले जेष्ठ नागरिकको बीचमा प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
इटहरी उपमहानगरपालिका ५ स्थित बयरवना जेष्ट नागरिक समाज, त्रिवेणी चौकमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम इटहरी उपमहानगरपालिका समिति अध्यक्ष डा. खगेन्द्र वली ज्युको अध्यक्षतामा र नेपाल रेडक्रस सोसाईटी इटहरी शाखाका अध्यक्ष दिनेश भट्टराई ज्युको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि भट्टराई ज्युले समाज र देशको लागि योगदान गर्ने उद्धेश्यका साथ संस्था लागि परेकोमा धन्यवाद दिनुभयो । जुनसुकै ठाउँमा रहे पनि आफूले सक्दो सहयोग राष्ट्रको लागि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका समिति अध्यक्ष डा. खगेन्द्र वली ज्युले जेष्ठ नागरिकलाई प्राथमिक उपचार तालिम दिनुभएको थियो । उक्त कार्यक्रममा जेष्ठ नागरिकलाई फलफुल समेत वितरण गरिएको थियो ।
कार्यक्रममा जेष्ठनागरिक, स्थानीय, नेपाल स्काउट इटहरी युथ ओपन क््रयु परिवारलगायतको उपस्थिति थियो ।
