योगदान राष्ट्रको लागि बेथानचोक गाउँपालिका समिति (काभ्रेपलान्चोक) को अध्यक्ष सुन्दर बहादुर तिमल्सिना चयन

योगदान राष्ट्रको लागि बेथानचोक गाउँपालिका समिति (काभ्रेपलान्चोक) को अध्यक्ष सुन्दर बहादुर तिमल्सिना चयन हुनुभएको छ ।
पाचौं योगदान दिवसको अवसरमा मिति २०८२ जेठ २९ गते बिहीबार बेथानचोक गाउँपालिका वडा नं. २ मा एक कार्यक्रमको आयोजना गरि समिति गठन गरिएको हो ।
बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोक्तम तिमल्सिना ज्युको प्रमुख आतिथ्यतामा, योगदान राष्ट्रको लागि केन्द्रीय सदस्य रमिला श्रेष्ठ ज्युको उपस्थितिमा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा रामचन्द्र तिमल्सिना, सचिवमा विष्णृ गौतम, कोषाध्यक्षमा नविना तिमल्सिना चयन हुनुभएको छ ।
सदस्यहरुमा विदुर तिमल्सिना, रमेश तिमल्सिना, कमल सापकोटा, अन्जन तिमल्सिना, समीर तिमल्सिना, नबराज तिमल्सिना, हरि प्रसाद तिमल्सिना, अभिषेक बँजगाइ, जेनिस तिमल्सिना, दिपेश तिमल्सिना, राम प्रसाद तिमल्सिना, लक्ष्मी तिमल्सिना, राजकुमार तिमल्सिना, रामकृष्ण तिमल्सिना, सुमन तिमल्सिना, लक्ष्मिना तिमल्सिना, प्रेम तामाङ, शिव तिमल्सिना, श्यामकृष्ण तिमल्सिना, गोबिन्द शर्मा, राम प्रसाद तिमल्सिना, जयराम तिमल्सिना, नबराज गौतम, ज्वती तिमल्सिना, रविन्द्र तिमल्सिना, रामहरि तिमल्सिना र नबराज तिमल्सिना रहनुभएको छ ।

Leave a comment