योगदान राष्ट्रको लागि बुद्धशान्ति गाउँपालिका (झापा) समितिद्धारा स्वास्थ्य शिविरमा निःशुल्क खानेपानी वितरण

योगदान राष्ट्रको लागि बुद्धशान्ति गाउँपालिका (झापा) समितिले स्वास्थ्य शिविरमा सेवा लिन आएका नागरिकलाई निःशुल्क खानेपानी वितरण गरेको छ ।
भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालमा बैशाख २४ गते बुधबार सञ्चालन गरिएको पाठेघरको क्यान्सर सचेतना तथा स्क्रिनिङ कार्यक्रममा सहभागि भएकाहरुलाई खानेपानीको व्यवस्थापन गरेको हो । योगदान राष्ट्रको लागि बुद्धशान्ति गाउँपालिका समिति अध्यक्ष बालकृष्ण खतिवडाको नेतृत्वको टिमले पानी वितरण गरेको थियो ।
कार्यक्रममा १० कार्टुन पानी वितरण गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो । शिविरमा सहभागिलाई सहज बनाउन उक्त कार्य गरिएको उहाँले बताउनुभयो ।

Leave a comment