काठमाडौंमा प्राथमिक उपचार सम्बन्धि २ दिने तालिम सुरु भएको छ ।
योगदान राष्ट्रको लागि संस्थाको आयोजना र काठमाडौं महानगरपालिका वडा नं. ७ वडा कार्यालयको सहयोगमा चाबहिलस्थित जुम क्याफेमा मिति २०८२ जेठ ११ गते आइतबारदेखि तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्नुहुँदै वडा नं. ७ का अध्यक्ष श्री विमलकुमार होडा ज्युले योगदान राष्ट्रको लागि संस्थाले नागरिकलाई बचाउने अभियानमा लागेको भन्दै प्रंशसा गर्नुभयो । मानव जातिलाई बचाउने कुरामा संस्थाले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा गरेको काम उदाहरणीय रहेको बताउनुभयो । वडाबासीलाई प्राथमिक उपचार सम्बन्धि तालिम सिक्ने अवसर मिलेको भन्दै मौकाको फाइदा उठाउन अनुरोध गर्नुभयो ।
वडा सदस्य श्री रुपा थापा क्षेत्री ज्युले प्राथमिक उपचार सबै नागरिकका लागि आवश्यक रहेको महशुश गरी तालिम आयोजना गरिएको बताउनुभयो । हरेक घरका एक जनालाई भएपनि प्राथमिक उपचार बारे ज्ञान हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
तालिम उद्घाटन समारोहमा योगदान राष्ट्रको लागि केन्द्रीय प्रवक्ता श्री हिरण्यराज उप्रेती ज्युले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सचिव श्री विष्णु मणी भण्डारी ज्यु, कोषाध्यक्ष श्री दीर्घराज भट्टराई ज्यु, सदस्य श्री केशव प्रसाद दंगाल ज्यु, श्री ललिता अर्याल ज्यु, काठमाडौं महानगरपालिका समिति अध्यक्ष श्री शर्मिला थापा ज्यु, आजीवन सदस्य, साधारण सदस्य, स्वयंसेवक, विभिन्न संघसंस्थाहरु नव जागरुक युवा क्लबका अध्यक्ष अमृतजङ थापा, सार्वजनिक सम्पत्ति समाजका अध्यक्ष निर्मला पुडासैनी, मैजु कुमारी सेवा समाजका अध्यक्ष हरिभक्त महर्जन, कुमारीगल टोल सुधार समितिका अध्यक्ष रेनु गिरी, गौरीनगर सुधार समितिका अध्यक्ष सूर्य बहादुर श्रेष्ठ, नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म, नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौर, उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधी, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, शिक्षक, विद्यार्थीहरुको उपस्थिति थियो ।
कार्यक्रमको संचालन कार्यालय प्रमुख बेलिना थापाले गर्नुभएको थियो ।
