चितवनको खैरहनी नगरपालिका वडा नं. ८ रेडक्रस भवनमा खैरहनी नगरपालिकामा बागमती प्रदेशस्तरीय प्राथमिक उपचार सम्बन्धि २ दिने तालिम सुरु भएको छ ।
मिति २०८२ जेठ ९ गते शुक्रबारबाट तालिम सुरु भएको हो । तालिममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष, अन्तर्राष्ट्रिय प्रशिक्षक श्री ओम उप्रेती ज्यु ले प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । उहाँले पानीमा डुबेमा, घाँटीमा अड्किएमा, नाकबाट रगत बगेमा, लु लागेमा, सर्पले टोकेमा, चोटपटक लागेमालगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
योगदान राष्ट्रको लागि खैरहनी नगर समिति चितवनको आयोजनामा सञ्चालन भएको तालिम जेठ १० गते शनिबारसम्म सञ्चालन हुनेछ ।
