योगदान राष्ट्रको लागि अभियानको आयोजनामा युएईमा प्राथमिक उपचार सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
बैशाख २० गते शनिबारका दिन अभियानले पोखरा ट्रेडिंग कम्पनीमा निःशुल्क प्राथमिक उपचार सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष, अन्तरराष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पोखरा ट्रेडिंग कम्पनीका म्यानेजर सुमन पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि अन्तर्राष्ट्रीय प्रमुख सल्लाहाकार एवं पोखरा ट्रेडिंग कम्पनीका प्रबन्ध निर्देशक, सामाजिक ब्यक्तित्व कृष्ण प्रसाद भट्टराई, केन्द्रीय सदस्य एवं मध्य पूर्व संयोजक पूर्ण ओली, योगदान राष्ट्रको लागी आजिवन सदस्य अनुराग परियार लगायतको उपस्थिति थियो ।
