रौतहटमा प्राथमिक उपचार सम्बन्धी एक दिने निःशुल्क तालिम सम्पन्न

योगदान राष्ट्रको लागि संस्थाको आयोजनामा रौतहट जिल्लामा प्राथमिक उपचार सम्बन्धी एक दिने निःशुल्क तालिम सम्पन्न भएको छ ।
योगदान राष्ट्रको लागि देवाही गोनाही नगरपालिका समिति र वृन्दावन नगरपालिका समिति रौतहटको आयोजनामा र जय किसान मावि धरहरीको विशेष सहयोगमा मिति २०८१ फागुन २१ गते बुधबारका दिन देवाही गोनाही नगरपालिका ९ स्थित जय किसान मावि धरहरीमा कार्यक्रम भएको हो ।
कार्यक्रम योगदान राष्ट्रको लागि देवाही गोनाही नगरपालिका समितिका अध्यक्ष विर बहादुर ठाकुरको अध्यक्षतामा र देवाही गोनाही नगरपालिका प्रमुख प्रेमलाल साह कानुको प्रमुख आतिथ्यता र योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष एवं अन्तराष्ट्रिय प्रशिक्षक ओम प्रसाद उप्रेतीको विशेष आतिथ्यतामा भएको थियो ।
योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष उप्रेतीले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले प्राथमिक उपचार भित्र समेटिने विषयहरुः बेहोस हुने, छारे रोग, अंग भंग भएमा, घाँटीमा अड्केमा, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेमा, विष सेवन गरेमा, पानीमा डुबेमा, किराको टोकाई, दम, लु र गर्मी लागेमा, आघात भएमा, स्वश प्रश्वास र रक्तसंचार प्रणाली, नाकबाट रगत आउने जस्ता घटनाहरुको प्राथमिक उपचार गर्ने तरिकाका बारेमा प्रयोगात्मक विधिबाट प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष विर बहादुर साह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम नन्दन शाह, प्रधानाध्यापक संजय प्रसाद, मुकेश प्रसाद यावद, योगदानको निवर्तमान जिल्ला सचिव रामविकेश यादव, नगर सचिव सुवोध कुमार साह, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थिति थियो ।

 

Leave a comment