इटहरी उपमहानगरपालिकामा प्राथमिक उपचार सम्बन्धी जनचेतना कार्यक्रम

योगदान राष्ट्रको लागि संस्थाले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा प्राथमिक उपचार सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
२०८१ फागुन १९ गते सोमबारका दिन इटहरी उपमहानगरपालिका वडा नं. ४ स्थित इन्खा एकीकृत अस्पताल प्रा.लि. मा कार्यक्रम सम्पन्न गरेको हो ।
योगदान राष्ट्रको लागि इटहरी उपमहानगरपालिका समिति अध्यक्ष डा. खगेन्द्र ओलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष ओम प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा उहाँले प्रशिक्षण दिनुभएको थियो । उहाँले
प्राथमिक उपचार भित्र समेटिने विषयहरुः बेहोस हुने, छारे रोग, अंग भंग भएमा, घाँटीमा अड्केमा, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेमा, विष सेवन गरेमा, पानीमा डुबेमा, किराको टोकाई, दम, लु र गर्मी लागेमा, आघात भएमा, स्वश प्रश्वास र रक्तसंचार प्रणाली, नाकबाट रगत आउने जस्ता घटनाहरुको प्राथमिक उपचार गर्ने तरिकाका बारेमा प्रयोगात्मक विधिबाट प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा समाजसेवी, बुद्धिजीविहरु एकचन्द्र बराल, गौरीमान परियार, रमेश खत्री, स्थानीय, स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो ।

Leave a comment