योगदान राष्ट्रको लागि इटहरी उपमहानगरपालिका कमिटी गठन सम्पन्न

२०८१ फागुन १७ गते शनिबार
योगदान राष्ट्रको लागि संस्थाले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका कमिटी गठन सम्पन्न गरेको छ ।
शनिबार भएको भेलाबाट डा. खगेन्द्र ओलीको अध्यक्षतामा कमिटि गठन गरिएको हो । कमिटीको सचिवमा डिल्ली प्रसाद आचार्य, कोषाध्यक्षमा मेघराज ढकाल चयन हुनुभएको छ । सदस्यहरुमा सुजन भट्टराई, अर्पणा श्रेष्ठ चयन हुनुभएको छ ।
कमिटी गठन संगै बसेको बैठकले छिट्टै कमिटीको बैठक बसी इटहरी उपमहानगरपालिकाका सबै वडाको प्रतिनिधित्व रहने गरी नगर कमिटीको उपाध्यक्ष, सहसचिवसहित नगर कमिटीलाई पूर्णता दिने तथा सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।

Leave a comment