योगदान राष्ट्रको लागि संस्थाले धादिङ जिल्लाको गजुरी गाउँपालिका समिति गठन कार्यक्रम सम्पन्न गरेको छ ।
२०८१ फागुन १३ गते मंगलबार गजुरी छात्रबासमा भएको समिति गठन कार्यक्रमबाट प्रकाश उप्रेतीको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा शान्ता हटुवाल, सचिवमा सुनिता पाण्डे, सहसचिवमा गंगा कार्की, कोषाध्यक्षमा सुनिता सुवेदी (पाण्डे) चयन हुनुभएको छ ।
सदस्यहरुमा शिव पाण्डे, हिरा विश्वकर्मा, सुन्दरी श्रेष्ठ, गोमा वि.क., बिजय लामा, शर्मिला सामरी बरुवाल, शान्ता श्रेष्ठ, अनिता ढुंगाना रहनुभएको छ ।
कार्यक्रमबाट ३ जना सल्लाहकारहरु चयन गरिएको छ ।
कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष ओम उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण पनि दिनुभएको थियो । कार्यक्रममा योगदान राष्ट्रको लागि काठमाडौं महानगरपालिका समितिका उपाध्यक्ष अमिता अधिकारी, गजुरी गाउँपालिका नगर प्रहरी प्रमुख केशरमान श्रेष्ठलगायतको उपस्थिति थियो ।
विशेष गरी हाईवेमा हुने दुर्घटनालाई प्राथमिकता दिँदै पालिका समित गठन गरिएका हो । सुनिता पाण्डे र शान्ता हटुवालको विशेष पहलमा कार्यक्रम सम्पन्न भएको हो ।
